शिक्षामन्त्रीमा महावीर, सस्मित र आनन्दको नाम छलफलमा
काठमाडौं—बालेन सरकारमा महावीर पुन शिक्षा मन्त्री बन्ने भएका छन् । बालेन निकट स्रोतका अनुसार पूर्वशिक्षामन्त्री महावीर पुन सरकारमा आउन चाहेमा शिक्षा मन्त्रालयको जिम्मेवारी दिनेगरी छलफल चलेको छ ।
महावीर नआए बालेनका पूर्व शिक्षा सल्लाहकार सस्मित पोखरेल वा कैलाली ५ का सांसद आनन्द चन्दलाई शिक्षा मन्त्री बनाउने बालेनको टिमले गृहकार्य गरिरहेको छ ।
कानुनको विद्यार्थी भए पनि सस्मित पोखरेलले काठमाडौँ महानगरमा शैक्षिक सुधारमा काम गरेको दाबी रहेको छ भने आनन्द चन्दले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका छन् । चन्दले पाटन क्याम्पसमा १७ वर्ष भन्दा बढी उपप्राध्यापक काम गरेका छन् ।
बालेनले सम्भावित क्याबिनेट मेम्बरको नामबारे विज्ञहरूलाई समेत देखाएर फाइनल गर्ने तयारी गरेका छन् ।