रास्वपाका सबै सांसदले सरकारी अस्पतालमै आफ्नो उपचार गराउने
काठमाडौं—रास्वपाका सबै सांसदले सरकारी अस्पतालमै आफ्नो उपचार गराउने भएका छन् । जनताले पाउने दुःख र सास्तीको महसुस गर्नकै लागि भएपनि सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सभापति रवि लामिछानेले निर्देशन दिएका छन् ।
रविले नवनिर्वाचित सांसदको अभिमुखिकरण कार्यक्रममा ब्याज वा सर्टिफिकेटले एकाएक ज्ञान नदिने बताउँदै जनताका समस्या सुन्न र समस्या समाधानका लागि केन्द्रीय हुनेसमेत निर्देशन दिएका छन्।