सुधन गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा आँखा लगाए

बुधबार, ४ चैत्र २०८२

काठमाडौं—सुधन गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा आँखा लगाएका छन् । युवा तथा खेलकुद मन्त्री बनाउने बालेनको चाहना विपरित सुधनले बिकासे मन्त्रालय रोजेका हुन् । यो मन्त्रालयमा सुनिल लम्साल वा आशिष गजुरेललाई ल्याउने बालेनको योजना छ ।

भौतिक पूर्वाधारको क्षेत्रमा ज्ञान नभएका कारण सुधनलाई युवा तथा खेलकुद मन्त्रालयमा व्यवस्थापन गर्ने पार्टीका शीर्ष नेताहरूको तयारी छ ।

रोस्टरको पहिलो नाममा सुनिल लम्साल छन् । रुपन्देही–५ बाट निर्वाचित लम्साललाई गृहमन्त्री बनाउने बालेन पक्षको लबिङबिच उनलाई भौतिक मन्त्रालयको पहिलो सम्भावित सूचीमा राखिएको छ।

दोस्रो नम्बरमा आशिष गजुरेललाई राखिएको छ । सिन्धुली–२ बाट निर्वाचित गजुरेल भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका विज्ञ मानिन्छन् । यसअघि उनी इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक समेत थिए ।

बालेन र रवि पक्षको टीम व्यवस्थापनका क्रममा सुनिलले गृह मन्त्रालय पाउँदा गजुरेल भौतिक पूर्वाधारमन्त्री बन्ने बलियो सम्भावना रहेको स्रोतको भनाइ छ।

त्यसो त, यो मन्त्रालयमा गोरखा–१ बाट निर्वाचित सांसद सुधन गुरुङको समेत दाबी छ । यद्यपि उनको सम्भावना कम रहेको स्रोतको भनाइ छ । जेनजी आन्दोलनदेखि रवि, बालेन र कुलमानलाई मिलाउने काममा समेत भूमिका खेलेका उनी सक्रिय भए पनि भौतिक पूर्वाधारको क्षेत्रमा ज्ञान नभएका कारण उनलाई क्लस्टरमा नराखिएको स्रोतको भनाइ छ।

यसको सट्टा उनलाई युवा तथा खेलकुद मन्त्रालयमा व्यवस्थापन गर्ने पार्टीका शीर्ष नेताहरूको तयारी छ । खेलकुद मन्त्रालयको रोस्टरमा उनलाई पहिलो नम्बरमा राखिएको स्रोतको भनाइ छ।