राजेश हमालको नाममा भ्रष्टाचार गर्ने कांग्रेस नेतासहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं—राजेश हमालको नाममा भ्रष्टाचार गर्ने कांग्रेस नेतासहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध भ्रष्टाचारविरुद्ध मुद्धा दायर गरेको हो । उनीहरुले राजेस हमालको नाम बेच्दै चलचित्र बनाउने बहानामा १२ लाख ७७ हजार बढी निकासा गर्दै बाँडफाँड गरेको अतिख्यारको आरोप छ ।
त्यस्तै आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध पनि मुद्दा दायर भएको छ ।
हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले उल्लेख गरेको छ ।
यसमा अख्तियारले सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन भएको पनि स्मरण गराएको छ ।
अख्तियारले गाउँपालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ । बिगो रकम १२ लाख ७७ हजार २५० रुपैयाँ माग गरिएको छ ।