भ्लगरलाई अपशव्द बोल्दै कुटपिट गर्ने कार चालक प्रहरीको फन्दामा
काठमाडौं—भ्लगरलाई अपशव्द बोल्दै कुटपिट गर्ने कार चालक प्रहरीको फन्दामा परेका छन् । नगरकोट जाने सडकमा ओभरटेक गर्दा विवाद भएपछि दुई जना भ्लगरलाई कुटपिट गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले केही दिनअघि आफू स्थानीय भएको भन्दै दुई भ्लगरलाई नगरकोट एसियामा निर्वाध कुट्पिट गरेका थिए ।