ज्ञानेन्द्र शाही संसदीय दलको नेतामा निर्वाचित
काठमाडौं-ज्ञानेन्द्र शाही संसदीय दलको नेतामा निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले शाहीलाई संसदीय दलको नेता र खुश्वु ओलीलाई प्रमुख सचेतकमा निर्वाचित गरेको हो ।
राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा एक र समानुपातिक चार गरी पाँच सिट जितेको थियो । शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित भएपछि राप्रपा राष्ट्रिय पार्टी बनेको छ ।