गगन थापाको राजीनामा अस्वीकृत हुने

बिहिबार, ५ चैत्र २०८२

काठमाडौं—गगन थापाको राजीनामा अस्वीकृत हुने भएको छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने बताएका छन् ।

नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक भएको बताउँदै प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव आगामी बैठकमा पेस हुने जानकारी दिएका छन् । गगनले बिहीबार उपसभापति शर्मालाई राजीनामा बुझाएका थिए ।