इरानमा सेना नपठाउने ट्रम्पको भनाइ
काठमाडौँ — अमेरिका र इजरायलको सम्बन्ध चिसिएको छ । इजरायलले इरानमा रहेको विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’मा विना जानकारी हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलसँग रिसाएका छन् ।
इजरायलको यो हमला पछि ट्रम्पले इरानमा अमेरिकी सेना नपठाउने घोषणासमेत गरेका छन् । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटमा ट्रम्पले इरानमा अब अमेरिकी सेना नपठाउने घोषणा गरेका हुन् ।