मोटिभेट न्यूजको समाचारमा अर्विट मेडिकल इन्ट्रान्सको आपत्ति
काठमाडौं – अर्विट मेडिकल इन्ट्रान्स प्रा.लि.ले मोटिभेट न्यूजमा प्रकाशित समाचारमा अपत्ति जनाउँदै खण्डन पठाएको छ । फाल्गुन २७ गते प्रकाशित ‘ब्रिटिस काउन्सिल र अर्विट मेडिकलबिच भएको अवैध सम्झौताबारे अनुसन्धान हुँदै’ शीर्षकको समाचारमा खण्डन पठाएको हो ।
खण्डनमा उक्त समाचारमा भएका विषयहरु मनगढन्ते रहेको, अप्रमाणित समाचार सम्प्रेषण गरेको, मुल्य अभिवृद्धि कर नतिरेको भनी विना प्रमाण आरोप लगाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी सामग्री सम्प्रेषण गरेको बताइएको छ । ब्रिटिस काउन्सिलसँगको सम्झौता अवैध नभएको अर्विटको दावि छ ।