चौथिकोट आधारभूत विद्यालयद्वारा समुदायसँग विद्यालय कार्यक्रम सञ्चालन

बिहिबार, ३ बैशाख २०८३

कालिकोट – कालिकोटको श्री चौथिकोट आधारभूत विद्यालयले चौथिकोट टोलमा समुदायसँग विद्यालय कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको उपस्थितिमा चौथिकोट टोलमा समुदायसँग विद्यालय कार्यक्रम सञ्चालन गरिएको हो ।

नरहरीनाग गाउँपालिका २ मा रहेको श्री चौथिकोट आविका प्रधानाध्यापक टेक बहादुर विकले विद्यार्थीलाई सहयोग गर्न अनुरोध गरेका छन् । विद्यालयले गरेका निर्णयहरु सुनाउँदै उनले भर्ना अभियान वैशाख १० गतेसम्म जारी रहनेछ, जसमा विज्ञान शिक्षाको प्रचार, विद्यार्थी भर्ना र नियमितता जस्ता विषयमा छलफल गरेका थिए ।

प्रधानाध्यापक विकले सबै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई यसमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । विद्यालयले ‘विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने, शैक्षिक वर्ष २०८२ को नतिजा समिक्षा गर्ने, विद्यार्थीहरुको नियमितता सुनिश्चित गर्ने, समुदायबाट सुझाव संकलन गरी विद्यालय सुधारमा उपयोग गर्ने, अभिभावकको सक्रिय प्रतिबद्धता सुनिश्चित गर्ने, अभिभावक आचारसंहिताको निर्धारण लगायतका निर्णण गरेको थियो ।