एजुकेशनल कन्सल्टेन्सीसँग छलफल गर्दै प्रेस काउन्सिल

बुधबार, ९ बैशाख २०८३

काठमाडौं – प्रेस काउन्सिल नेपालले शैक्षिक परामर्श व्यवसायीसँग छलफल गर्ने भएको छ । काउन्सिलले पछिल्ला दिनमा सञ्चार माध्यमबाट एजुकेशनल कन्सल्टेन्सीका बारेमा समाचार सम्प्रेषण हुने र सोउपर उजुरी आउने क्रम बढ्दै गएको सन्दर्भमा व्यवसायीका छाता संगठनलाई बोलाएर छलफल गर्ने भएको हो ।

काउन्सिलले व्यवसायीलाई आज विहान साढे ११ बजे काउन्सिलको सभाहल सञ्चारग्राम, काठमाडौंमा उपस्थितिका लागि निम्तो पठाएको छ । काउन्सिलकी उपप्रशासकीय अधिकृत सबिता ढकालले पठाएको निमन्त्रणा पत्रमा एजुकेशनल कन्सल्टेन्सीबाट प्रवाह हुने सेवा, मिडियाबाट आउने गरेका विषयवस्तुका बारेमा जानकारी लिने एवं आचारसंहिता र उजुरी प्रक्रियाबारे जानकारी दिने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको उल्लेख छ ।

छलफलमा १ महासंघसहित झण्डै १२ वटा छाता संगठनका अध्यक्ष वा प्रतिनिधिको सहभागीता रहने छ । मोटिभेट न्यूज डटकमले नेपालको शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउने उद्येश्यले समाचार सामाग्री सम्प्रेषण गर्दै आएको छ ।