एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट‘ एसटीपी अवार्ड २०२५’ प्रदान

शुक्रबार, ११ बैशाख २०८३

काठमाडौँ— एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरे बापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित एसटीपी(Straight Through Processing) अवार्ड २०२५ प्राप्त गरेको छ ।

यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । यो अवार्डपूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानीसेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिकदक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवाप्रदान गर्ने प्रतिबद्धता झल्काउँदछ ।

यस अवसरमा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द घिमिरेले भने“हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो । उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवाप्रदान गर्न प्रतिबद्धछौँ ।”

यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।