हिजो ढुंगामुढा गर्ने मनोहराका सुकुमवासी आजा सामान ओसार्दै

आइतबार, १३ बैशाख २०८३

काठमाडौँ – भक्तपुरको मनोहरा नदी किनारका सुकुमवासीले धमाधम समान सार्न थालेका छन् । हिजो ढुंगामुढा गरेका सुकुमवासीले आज प्रहरीको सहयोगमा आफै समान सार्न थालेका हुन् ।

यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।

मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।