रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका संवाददाताहरूका लागि आयोजना गरेको रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्सलगायत अधिकांश उच्च अधिकारीहरु सहभागी रात्रिभोजमा गोली चलेको हो ।
गोली चलेपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्प, भान्सलगायतलाई बाहिर पुर्याएका थिए । नियन्त्रणमा लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनी क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको अधिकरीहरूले बताएका छन्।
रात्रिभोज भइरहेको वाशिंगटन डिसीको होटेलमा बसेका उनी धेरै वटा हतियारसहित हलमा प्रवेश गरेका थिए ।