बेलायतमा अवको प्रधानमन्त्री बोरिस जोनसन, नेपाललाई के फाइदा ?
काठमाडौं – बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको आगामी प्रधानमन्त्री बन्ने भएका छन ।
बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा उनले बाजी मारेका हुन् । उनले जेरेमी हन्टलाई पराजित गरे ।
जोनसनले ९२ हजार १५३ मत पाए भने हन्टले मात्र ४६ हजार ६५६ मत पाएका छन् । हन्ट टेरिजा मे सरकारका विदेशमन्त्री हुन् ।
जोनसनले बुधबार प्रधानमन्त्री पद सम्हाल्नेछन् । ब्रेक्जिटलाई लिएर युरोपियन युनियनसँग गर्ने सम्झौता संसदबाट पास गर्न नसकेपछि प्रधानमन्त्री मेले पार्टी नेताबाट राजिनामा दिएकी थिइन् ।
प्रधानमन्त्री मेले जोनसनलाई बधाई दिएकी छन् र ब्रेक्जिटका लागि मिलेर काम गर्ने बताएकी छन् ।
जोनसन प्रधानमन्त्री बनेपछि नेपाललाई के फाइदा होला भनेर चर्चा चल्न थालेको । बेलायत नेपालको दातृराष्ट्र हो । उनी प्रधानमन्त्री बनेपछि नेपाललाई गर्ने सहयोगमा बृद्धि गर्नसक्ने सम्भावना रहेको बताइएको छ । नेपाल मामलाका जानकार समेत रहेका जोनसन प्रधानमन्त्री भएपछि नेपालीहरु उत्साहित भएका छन् ।