सुधन गुरुङमाथि छिट्टै छानबिन हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया शुरु हुने बताएका छन् ।
विवादास्पद व्यापारी तथा बिचौलिया दिपक भट्टसँग अनुचित कारोबार र व्यावसायिक साझेदारी रहेको खुलेपछि रास्वपाले गुरुङलाई पदबाट राजीनामा गराएको थियो । २७ दिनमा पदमुक्त भएका उनीमाथि छानविन हुनुपर्ने माग उठिरहेका बेला रविको प्रतिक्रिया आएको हो ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । तर, कुन प्रक्रियाबाट अनुसन्धान गर्ने भन्ने विषय भने टुंगो नलागेको उनले बताए ।
छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ,त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाईहाल्नु हुन्छु, रविले भने, उहाँले पनि ममाथि प्रश्न उठेको हुनाले छानविन गरियोस् नै भन्नुभएको छ । छानविन हुन्छ, कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने छ, चाँडै छानविन हुन्छ ।