राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न फेरि सिफारिस
काठमाडौँ – सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनस् जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् ९पहिलो संशोधन० अध्यादेश २०८३ पुनस् सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।
यसअघि ८ वटा अध्यादेश सिफारिस भएका थिए, तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाइएको थियो।
२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनस् जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुनस् सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि पनि योसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए । तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस भएको प्रवक्ता पोखरेलले जानकारी दिए।