लालीबजार’ माथिको अन्तरिम अल्पकालीन आदेश खारेज, प्रदर्शनको बाटो खुला हुने संकेत

बुधबार, २३ बैशाख २०८३

काठमाडौं– बहुप्रतिक्षित नेपाली फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै जारी गरिएको अन्तरिम अल्पकालीन आदेश अब जारी नहुने भएको छ ।

उच्च अदालत पाटनले तत्कालका लागि फिल्म प्रदर्शन रोक्ने आदेशलाई निरन्तरता नदिएपछि फिल्म प्रदर्शनको बाटो खुला हुने सम्भावना बढेको छ ।

निर्माण पक्ष तथा प्रदर्शन तयारीमा रहेका वितरकहरूका लागि यो निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ । लामो समयदेखि पोस्ट–प्रोडक्सन र प्रदर्शनको प्रतिक्षामा रहेको ‘लालीबजार’ अब नियमित प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।