विपिपि युनिभर्सिटीको “Gateway to UK: BPP Exclusive Night” कार्यक्रम सम्पन्न
काठमाडौं – बेलायतको विपिपि युनिभर्सिटीको “Gateway to UK: BPP Exclusive Night” कार्यक्रम सम्पन्न भएको छ । मे ३ तारिखका दिन काठमाडौंको म्यारियटमा सम्पन्न कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुका साथै विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमले व्यवसायी र विश्वविद्यालयका प्रतिनिधिबिच उच्चस्तरीय नेटवर्किङ प्लेटफर्म निर्माणमा महत्वपूर्ण भूमिका खेलेको विपिपि युनिभर्सिटीका कन्ट्री म्यानेजर शिव केसीले बताए । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का महासचिव दीपक कोइरालाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको सुरुवात गरेका थिए ।
सो अवसरमा, विपिपिका अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रमुख ड्यारिल कनेलले भर्ना रणनीतिसम्बन्धी अद्यावधिक जानकारी प्रस्तुत गरेका थिए । उनलाई नेपालका लागि विपिपि युनिभर्सिटीका कन्ट्री म्यानेजर शिव केसी र The Official Representative का पार्टनर रिलेशनशिप म्यानेजर बिबाश रिमालले साथ दिएका थिए।
यो विश्वविद्यालयले अस्ट्रेलिया र व्यानडामा पनि क्याम्पस संचालनमा ल्याएको छ । अस्ट्रेलियाको मेलवर्नमा खुलेको क्याम्पसले अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्नका लागि अनुमति पाइसकेको छ भने क्यानडाको प्रक्रियामा रहेको छ । बेलायतको लण्डनमा रहेको यो विश्वविद्यालयमा हजारौं नेपाली विद्यार्थी अध्ययनरत छन् ।
