अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुल्यो, कुन मन्त्रालयमा कति दरबन्दी ?
काठमाडौँ– सरकारले अस्थायी कर्मचारी भर्नाका लागि बाटो खोलेको छ । तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दीहरु स्वीकृत गरेर कर्मचारी भर्नाको बाटो खोलेको हो ।
गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो ।
जसअन्तरगत अव सरकारले खानेपानी मन्त्रालय खन्तरगत २१३ जना, बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालय अन्तरगत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।