जेठ २४ गते ब्रिलियन्ट एजुकेशनको ‘इन्फर्मेसन डे’
काठमाडौं – “शिक्षा सबैको लागि, पहिलो देश अनि विदेश” भन्ने अभिप्रायका साथ शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील व्रिलियण्ट एजुकेशनले जेठ २४ गते आइतबार ‘इन्फर्मेसन डे–२०२६’ आयोजना गरेको छ । काठमाडौँको पुतलीसडकस्थित प्रधान कार्यालयमा Education Information Day २०२६ आयोजना हुने छ ।
२२ वर्षको गौरवमय यात्रा गरिरहेको ब्रिलियन्टले उच्च कानुनी सुशासन, उपभोक्ता हित र पारदर्शी बैंकिङ प्रणालीलाई मुख्य आधार बनाई सेवा प्रदान गर्दै आएको। शनिबार एक विज्ञप्ति जारी गर्दै ब्रिलियन्ट एजुकेशनले इन्फर्मेसन डेमा विश्वका प्रतिष्ठित विश्वविद्यालयदेखि आएल्स, पीटिई, टोफेलका प्रतिनिधिहरुको सहभागीता हुने जनाएको छ ।
विहान १० बजेदेखि बेलुकी अपरान्ह ४ बजेसम्म चल्ने यस विशेष मेलामा अष्ट्रेलिया, आयरल्याण्ड, वेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र युरोपका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरूसँग विद्यार्थी र अभिभावकले सिधै साक्षात्कार गरी भर्ना, छात्रवृत्ति र भिसा प्रक्रियाबारे सत्य र तथ्यमा आधारित परामर्श प्राप्त गर्न ब्रिलियण्टका प्रबन्धनिर्देशक राजेन्द्र बरालले बताएका छन् ।
ब्रिलियन्ट एजुकेशनले काठमाडौँको प्रधान कार्यालयसहित नेपालका प्रमुख सहरहरू हेटौँडा, चितवन, इटहरी, धरान, झापा, धनकुटा, कावासोती, पोखरा, र सुर्खेतमा रहेका आफ्ना आधिकारिक शाखाहरू मार्फत सेवा दिँदै आएको छ । साथै, छिमेकी देश भारतको सिलगुडीमा समेत संस्थाको सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ।

हेर्नुहोस् विज्ञप्ति
प्रेस विज्ञप्ति (Press Release)
मिति: २०८३ साल जेष्ठ २३ गते (June 6, 2026)
विज्ञप्ति नम्बर: ०५/२०८३
विषय: “ब्रिलियन्ट एजुकेशन इन्फर्मेसन डे २०२६” आयोजना तथा संस्थाको देशव्यापी सञ्जाल सम्बन्धमा।
“शिक्षा सवैको लागि , पहिलो देश अनि विदेश “भन्ने इभिप्रायका साथ यस व्रिलियण्ट एजुकेशन , नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एवं कम्पनी रजिष्ट्रारको कार्यालयबाट इजाजत प्राप्त गरी विगत २२ वर्षदेखि नेपाली विद्यार्थीहरूलाई सत्य, तथ्य र विश्वासिलो सूचनाका आधारमा वैदेशिक अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिसेज प्रा.लि. को आयोजनामा भोलि २०८३ साल जेष्ठ २४ गते, आइतबार (June 7, 2026) काठमाडौँको पुतलीसडकस्थित प्रधान कार्यालयमा वृहत् ‘शैक्षिक जानकारी दिवस’ (Education Information Day २०२६) आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौँ।
१. संस्थाको वैधानिकता, अनुभव र राष्ट्रिय/अन्तर्राष्ट्रिय आबद्धता:
* २२ वर्षको गौरवमय यात्रा: सन् २००४ देखि निरन्तर रूपमा यस क्षेत्रमा क्रियाशील रहँदै उच्च कानुनी सुशासन, उपभोक्ता हित र पारदर्शी बैंकिङ प्रणालीलाई मुख्य आधार बनाई सेवा प्रदान गर्दै आएको।
* इकम्यान आबद्धता: विगत २०६२ सालदेखि नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (ECAN) को प्रतिष्ठित आजीवन सदस्य को रूपमा कार्यरत रहेको।
* अन्तर्राष्ट्रिय पहिचान: विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल ICEF को प्रमाणित सदस्य कम्पनी।
* आधिकारिक परीक्षा दर्ता केन्द्र: ब्रिटिश काउन्सिल (British Council), पियर्सन (Pearson) र टोफेल (TOEFL) को आधिकारिक परीक्षा दर्ता केन्द्र (Authorized Exam Registration Centre)
२. देश तथा विदेशमा बलियो सञ्जाल (Network & Branches):
ब्रिलियन्ट एजुकेशनले काठमाडौँको प्रधान कार्यालय सहित नेपालका प्रमुख सहरहरू हेटौँडा, चितवन, इटहरी, धरान, झापा, धनकुटा, कावासोती, पोखरा, र सुर्खेत मा रहेका आफ्ना आधिकारिक शाखाहरू मार्फत सेवा दिँदै आएको छ। साथै, छिमेकी देश भारतको सिलगुडी मा समेत संस्थाको सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ।
३. भोलिको कार्यक्रम र उपलब्ध हुने सेवाहरू:
भोलि बिहान १०:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म चल्ने यस विशेष मेलामा अष्ट्रेलिया, आयरल्याण्ड, वेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र युरोपका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरूसँग विद्यार्थी र अभिभावकले सिधै साक्षात्कार गरी भर्ना, छात्रवृत्ति र भिसा प्रक्रियाबारे सत्य र तथ्यमा आधारित परामर्श प्राप्त गर्न सक्नेछन्।
४. आबद्ध प्रमुख अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरू (Study Abroad Partners):
* Holmes Institute (Australia )
* Holmes institute (Dublin, Ireland)
* Chisholm Melbourne (Australia)
* University of Tasmania ( ECA- Australia)
* University of the Sunshine Coast ( ECA- Australia )
* Victoria University (ECA-Australia )
* University of Canberra (ECA-Australia)
* Skyline International College (Australia)
* Victorian Institute of Technology (Australia )
* Fusion College (Australia)
* Victorian Institute of Technology (VIT)
* Chisholm Melbourne (Australia)
* Australian Technical College (Western Australia)
* Australian Data and Cyber Institute (ADCI)
* Astra Institute of Higher Education
* ATMC – ( New Zealand) , KPU, Conestoga institute, लगायत क्यानडा , वेलायत , युरोप लगाय वहुदेशिय शिक्षण संस्थाको प्रतिनिधि हरु वाट सहि परामर्श लिनका लागि सुवर्ण अवसर हो
५. पुर्व तयारि तथा भाषा कक्षा (Test Preparation ) : IELTS, PTE Academic, TOFEL etc
6)Authorised Exams Registration Centre ):
British Council IELTS, PTE Academic, र TOEFL का आधिकारिक प्रतिनिधि हरुवाट सहि परामर्श सम्बन्धमा विशेष परामर्श, कक्षा सञ्चालन ढाँचा र परीक्षा बुकिङका बारेमा बुझ्न सकिनेछ।
संस्थाको प्रतिबद्धता:
शैक्षिक परामर्श क्षेत्र वस्तु बिक्री गर्ने व्यापार नभई एक संवेदनशील र सेवामुखी परामर्श विधा भएकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि सधैँ सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नु नै संस्थाको मुख्य धर्म हो। भोलि हुने यस विशेष मेलामा सम्पूर्ण मिडियाकर्मी, विद्यार्थी वर्ग, आदरणीय अभिभावक र शुभचिन्तकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
धन्यवाद।
राजेन्द्र बराल
प्रबन्ध निर्देशक
ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिसेज प्रा.लि.
प्रधान कार्यालय: पुतलीसडक, काठमाडौँ, नेपाल।
