कस्तो छ आजको मौसम ? आजदेखि तीन दिनसम्मको विवरण सहित

शनिबार, ११ साउन २०७६

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । शनिबार राति देशभर बदली रहि केही स्थानमा मध्ययम वर्षा हुने संभावना रहेको जनाइएको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । आइतबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ :

साउन ११ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ |

साउन १२ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ |

साउन १३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ |