युएएनको ‘मल्टी डेस्टिनेसन एड्मिसन डे’ सम्पन्न

शुक्रबार, २९ जेष्ठ २०८३

काठमाडौं – युनिभर्सिटी एडमिसन नेटवर्क (युएएन) को ‘मल्टी डेस्टिनेसन एड्मिसन डे’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुतलीसडकस्थित युएएनको केन्द्रीय कार्यालयमा ‘मल्टी डेस्टिनेसन एड्मिसन डे’ नामक एजुकेशन फेयर सम्पन्न भएको हो ।

फेयरमा सयौं विद्यार्थीको सभागिता रहेको थियो । फेयरमा सहभागी विद्यार्थी आफ्नो लागि निकै उपयोगी र सूचना मुलक बनेको बताएका थिए । विहान ११ बजेदेखि सुरु भएको फेयरमा २ सय बढी विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, बेलायत, फ्रान्स, क्यानडा लगायत देशका ३० बढी विश्वविद्यालयका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीसँग खुलेर अन्तरक्रिया गरेका छन् भने विद्यार्थीले पनि आफूलाई लागेका प्रश्नहरु राख्दै कन्फ्युजनहरु हटाएका छन् ।

सहभागी विश्वविद्यालयका प्रतिनिधिले पनि विद्यार्थीको सहभागिताले निकै उत्साहित बनाएको प्रतिक्रिया दिदै विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई युएएन भिजिट गरेर प्रभावकारी परामर्श लिन आह्वानसमेत गरेका विद्यार्थीहरुलाई थिए ।

विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले भिसा प्रोसेसिङ कसरी गर्ने, आफू अध्ययन गर्न जाने देश कस्तो हो, त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको नीतिहरु कस्ता छन्, कसरी अप्लाई गर्ने लगायतका विषयमा जानकारी प्राप्त गरेका थिए ।

फेयरमा सहभागी विद्यार्थीहरुले विभिन्न देशका युनिभर्सिटीहरुको शैक्षिक गुणस्तर, अध्ययन गर्न जाँदा लाग्ने लागत, छात्रवृत्ति, विश्वविद्यालयको कोर्ष, भाषा, डकुमेन्ट, बैंक लोन, पिएसडब्लु आदीबारे यथेस्ट जानकारीले आफुलाई थप उत्साह थपेको प्रतिक्रिया दिँदै विदेश अध्ययनको तयारीमा रहेका अरु विद्यार्थीलाई एकपटक युनिभर्एसिटी एडमिसन नेटवर्क भिजिट गर्न आह्वान गरेका थिए ।