एईसीसी ग्लोबलले ल्यायो ठूलो अफर, घरमै बसीबसी म्याकबुक जित्ने अवसर

सोमबार, १ असार २०८३

विदेशमा पढ्न पठाउने कन्सल्टेन्सी एईसीसी ग्लोबलले ठूलो अफर ल्याएको छ । प्लस २, व्याचलर पास आउट विद्यार्थीका लागि एईसीसी ग्लोबलले भर्चुअल फेयरको आयोजना गर्दै एप्पलको म्याकबुक जित्ने अवसर ल्याएको हो ।

बेलायतमा शिक्षा हासिल गर्ने सपना देखेका र कसरी सुरु गर्ने भन्ने बारेमा अलमलमा परेका विद्यार्थीका लागि एईसीसीले यो भर्चुअल फेयर आयोजना गरेको हो । ६ जुलाई २०२६ अर्थात असार २२ गते आयोजना हुने फेयरमा बेलायतमा शैक्षिक सम्भावनाहरू अन्वेषण गर्न, उनीहरूको प्रवेश मापदण्ड बुझ्न, छात्रवृत्तिको बारेमा सिक्न र विश्वविद्यालयका अधिकारीहरूबाट व्यावसायिक सल्लाह प्राप्त गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

भर्चुअल फेयरमा सहभागीताका लागि नाम दर्ता गर्ने विद्यार्थी उक्त पुरस्कारका लागि योग्य हुनेछन् । उनीहरु मध्ये १ जना भाग्यमानीले झण्डै २ लाख बराबरको म्याकबुक, ३० जना भाग्यमानी विद्यार्थीले इयरबड्स, तयारी कक्षाहरुमा ५० प्रतिशत छुट, निशुल्क मक टेस्टको सुविधा पाउने छन् । यो फेयर विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म भर्चुअल रुपमा संचालन हुनेछ । फेयरमा प्रतिष्ठित विश्वविद्यालयहरू, अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डिग्रीहरू, विविध शिक्षा प्रणाली र राम्रो जागिर सम्भावनाहरूका बारेमा छलफल हुने छ ।

बेलायतमा अन्य देशको तुलनामा छोटो डिग्री, अध्ययनपछिको कामका विकल्पहरू र उपलब्ध असंख्य छात्रवृत्तिहरूको कारणले नेपाली विद्यार्थीहरू आकर्षित छन् । सहभागी विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक र व्यावसायिक रूपमा उत्कृष्ट हुने अवसर पाउने एईसीसीले जनाएको छ । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले यस फेयरमा उपस्थित भएर विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाउनेछन् ।

फेयरमा सहभागी हुनका लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।