विद्यार्थीका लागि निकै लाभदायी बन्यो प्यासन फाउण्डेशनको एड्मिसन डे

बुधबार, ३ असार २०८३

काठमाडौँ – प्यासन फाउण्डेशनको ‘मल्टिडेस्टिनेशन एड्मिसन डे’ सम्पन्न भएको छ । बुधबार काठमाडौंको पुतलीसडकस्थित प्यासन फाउण्डेशनको कार्यालयमा ‘एड्मिसन डे–२०२६’ नामक शैक्षिक मेला सम्पन्न भएको हो ।

उक्त मेलामा विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपालबाट अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका देशमा जान चाहने विद्यार्थीले सहि परामर्श पाएको प्यासन फाउण्डेशनले जनाएको छ ।

प्यासन फाउण्डेशनका प्रबन्धनिर्देशक पुस्पराज पहराईले मेलाको व्यानर काटेर उट्घाटन गरेका थिए । उद्घाटन गर्दै पहराईले प्यासन फाण्डेशनले नेपालबाट हजारौँ विद्यार्थीलाई विदेशमा विभिन्न देशमा पठाइसकेको र त्यही अनुभवका आधारमा विद्यार्थीले विश्वास गरेको दावि गरेका थिए ।

मेलामा ५ सय बढी विद्यार्थीको सहभागिता रहेको प्यासन फाउण्डेशनले जनाएको छ । मेला विहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । मेलामा सहभागी विद्यार्थीले आफ्ना लागि यो मेला निकै उपयोगी भएको प्रतिक्रिया दिएका थिए । मेलामा विभिन्न देशमा प्रतिष्ठित विश्वविद्यालयहरुको उपस्थिति रहेको थियो । उनीहरुले विद्यार्थीलाई एकएक गर्दै आफ्नो शैक्षिक संस्थाको बारेमा जानकारी दिएका थिए ।

११ बर्षअघि काठमाडौंको बागबजारमा खुलेको प्यासन फाउण्डेशनले राजधानीसहित देशभर ७ वटा शाखा विस्तार गरेको छ । राजधानीको बागबजार, पुतलीसडक, गंगबु, चावहिल, सामाखुशीमा शाखाहरु रहेका छन् भने राजधानी बाहिर कपिलबस्तु र बुटवलमा प्यासन फाउण्डेशनले शाखा विस्तार गरेको छ ।

प्यासन फाउण्डेशनले जापानसहित अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, दक्षिण कोरिया लगायतका देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिइरहेको छ भने विद्यार्थीको सहजताको लागि भिसा प्रोसेसिङ र डकुमेन्टेशनको काम पनि गरिरहेको छ ।