‘इण्डियन एजुकेशन फेयर २०२६’ भव्य रुपमा सम्पन्न

आइतबार, १४ असार २०८३

इण्डियन एजुकेशन फेयर २०२६ नामक शैक्षिक मेला भव्य रुपमा सम्पन्न भएको छ । समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना र इन्ट्रोडक्सन ट्रेड सो नेपालको व्यवस्थापनमा सम्पन्न फेयरका २ हजार बढी विद्यार्थीले भारतका चर्चित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श गर्ने अवसर प्राप्त गरेका छन् ।

जेठ १२ र १३ गते काठमाडौंको एभरेष्ट होटलमा सम्पन्न फेयरमा भारतका चर्चित विश्वविद्यालयका प्रतिनिधिहरुको सभागिता रहेको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशसहित सञ्चालन भएको फेयरमा विद्यार्थी, अभिभावकले भारतको शिक्षा, ट्युन फि, भारतको बसाई र भारतीय शिक्षाको उपयोगिताका बारेका विश्वविद्यालयका प्रतिनिधिसँग विशेष छलफल गरेका थिए । फेयर निकै लाभदायि बनेको फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकले प्रतिक्रिया दिएका थिए ।

भारत अध्ययन गर्न चाहने विद्यार्थीलाई सहजताका लागि नेपालका धेरै शैक्षिक कन्सल्टेन्सीमार्फत भारतीय शैक्षिक संस्थाहरुलाई नेपालमा ल्याएर बास्तविकता बुझाउन मेलाको आयोजना गरिएको मेला व्यवस्थापक इन्ट्रोडक्सन ट्रेड सो नेपालका प्रवन्धनिर्देशक सुमन महर्जनले बताएका छन् ।