नेपाली विद्यार्थीलाई २० देखि ३० लाख छात्रबृत्तिको अवसर

शुक्रबार, १९ असार २०८३

काठमाडौं – एसआई युकेका नामले परिचित स्टडी इनको ‘युके एड्मिसन डे’ नाम शैक्षिक मेला सम्पन्न भएको छ । पुतलीसडकस्थित केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न मेलामा ३ सय बढी विद्यार्थीले बेलायतको शैक्षिक प्रणाली, अध्ययन, बसाई र अध्ययन पछिको करिअरका बारेमा ४० बढी विश्वविद्यालयका प्रतिनिधिसँग परामर्श लिएका छन् ।

मेलामा सहभागी विद्यार्थीले परामर्शसँगै १० देखि १५ हजार पाउण्ड अर्थाल २० देखि ३० लाख नेपाली रुपैयाँ बराबरको छात्रबृत्ति पाएका छन् । रसेल ग्रुप अन्तरगतका २४ प्रतिष्ठित बेलायती विश्वविद्यालयहरूले नेपाली विद्यार्थीलाई छात्रबृद्धि उपलब्ध गराएका हुन् । विद्यार्थीहरुले विश्वका चर्चित विश्वविद्यालयका प्रतिनिधिसँग भेट्न पाउँदा आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया दिदै अरु विद्यार्थीलाई पनि स्टडी इनमा आएर विदेश अध्ययनको प्रक्रिया सुरु गर्न अनुरोध गरेका छन् ।

फेयरमा सहभागी विद्यार्थीले निशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौकासमेत पाएका थिए । विद्यार्थीहरूले अनुभवी परामर्शदाताबाट शैक्षिक परामर्श, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विशेष छात्रवृत्ति र विशेष प्रस्तावहरूमा पहुँच, निःशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौका पाएकाले आफूहरु उत्साहित भएको स्टडी इनका निर्देशक विनय अधिकारीले बताएका छन् । अधिकारीले विद्यार्थीका लागि विभिन्न सहुलियत दिएको समेत बताएका छन् ।

मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिहरुले स्टडि इनको फेयरबाट विद्यार्थीले सही परामर्श पाएको बताएका थिए । उनीहरुले विद्यार्थीको उत्साहिजनक सहभागिताले आफूहरुलाई पनि खुशी बनाएको बताएका थिए । साथै, उनीहरुले आफ्नो विश्वविद्यालयको सेवा र सुविधाको बारेमा जानकारी दिएका थिए ।