भारतले काश्मीरमा थप्यो दश हजार सैनिक, पाकिस्तानले के गर्ला ?

सोमबार, १३ साउन २०७६

काठमाडौं – गत साताको अन्त्यमा भारत प्रशासित काश्मीरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित भएका छन् ।

यद्यपि, भारतीय अधिकारीले सो कदम नियमित तालिका अनुसार भएको जनाएका छन् ।

भारतले मुसलमान समुदायको बहुमत भएको सो हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि सो क्षेत्रमा करिब ५ लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
उता पाकिस्तानले भने केही प्रतिक्रिया दिएको छैन् ।