विद्यार्थीले नै भने, ‘विदेश अध्ययनका लागि सुरक्षित छ प्यासन फाउण्डेशन’
काठमाडौं – प्यासन फाउण्डेशनको भव्य स्टडी अब्रोड फेयर सम्पन्न भएको छ । काठमाडौंको पुतलीसडक चोकमा रहेको प्यासन फाउनडेशनको कार्यालयमा सम्पन्न फेयरमा ५ सयबढी विद्यार्थीले सहभागिता जनाएका छन् । फेयरमा सहभागी विद्यार्थीले विदेश अध्ययनका लागि प्यासन फाउण्डेशनबाट भिसा एप्लाई गर्दा सुरक्षित हुने भएकाले आफूहरुको पहिलो रोजाइमा परेको दावि गरेका छन् ।
फेयरमा अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, जापान, कारिया लगायतका देशको तयारी गरिरहेका विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले प्यासन फाउण्डेशनको भिजा रेट राम्रो रहेको, काउन्सिलिङ उत्कृष्ट रहेको र विश्वका चर्चित विश्वविद्यालयको उपस्थितिले उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए ।
फेयरमा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिबाट कुन देश रोज्ने ? कुन विश्वविद्यालय राम्रो ? भिसा लाग्छ कि लाग्दैन ? खर्च कति लाग्छ ? लगायतका प्रश्नहरुको जवाफ खोजेका थिए । विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीका प्रश्नको जवाफ दिदै आफ्नो देशको शैक्षिक प्रणाली, आफ्नो विश्वविद्यालयको सेवा, सुविधा लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिएका थिए । फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिताले आफूहरुलाई विद्यार्थीको सुरक्षित शैक्षिक गन्तव्य बनाउन आफूलाई प्रेरणा मिलेका प्यासन फाउण्डेशनका सीइओ पुष्पराज पहराईले बताएका छन् ।
फेयरमा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान र न्युजिल्याण्डका चर्चित विश्वविद्यालयका प्रतिनिधिहरूको सभागिता रहेको थियो । फेयरमा विदेश अध्ययनका लागि कुन देश तपाईंका लागि उपयुक्त छ ? कुन कोर्स पढ्ने ? कुन विश्वविद्यालय छनोट गर्ने ? भिसा प्रक्रियामा के–के गर्नुपर्छ लगायतका सबै विषयमा छलफल भएको प्यासन फाउण्डेशनकी म्यानेजर सायना राईले बताएकी छन् ।
फेयरमा सहभागी विद्यार्थीले रमाइला खेलहरुमार्फत आक्रषक गिफ्टहरु प्राप्त गरेका थिए । विभिन्न खेलमा सहभागी भाग्यशाली विजेताहरूले मुभि टिकट, फ्रि मक टेस्ट र अन्य आक्रषक उपहारहरु जित्न सफल भएका थिए । फेयरमा भर्खरै प्लस टु पास गरेका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।










