आफ्नै कार्यकर्ताबाट कुटिए पोखराका अध्यक्ष

सोमबार, १३ साउन २०७६

पोखरा –  पोखरा महानगर वडा न:२१ का अध्यक्ष कुटिएका छ्न् । २१ का अध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् ।

आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्यक्षमाथि मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी  प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण झगडा परेको बताएका छन् । ‘उहाँहरुको आन्तरिक झगडा हो,’ उनले भने, ‘सामान्य हो ।’