नियमावली संशोधन गर्न माग गर्दै रास्वपा महामन्त्रीलाई ज्ञापनपत्र

सोमबार, २९ असार २०८३

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रका १३ छाता संगठनहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ संशोधन गर्नका लागि सरकारलाई दवाव दिन माग गर्दै आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै महामन्त्री आचार्यले व्यवसायीले उठाएका विषयहरूको गम्भीर अध्ययन गरी पार्टी सभापति रवि लामिछानेसँग आवश्यक छलफल गर्ने तथा यस विषयमा आवश्यक समन्वय र संवादका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको इक्यानका महासचिव भवनाथ हुमागाईले बताए ।

सरकारले परामर्श क्षेत्रको नियमनका नाममा नियमावलीमार्फत धरौटीको व्यवस्था गरेको, व्यवसायीलाई अफ्ठ्यारो पर्नेगरी नियमहरु बनाएको भन्दै व्यवसायीहरु आन्दोलित छन् । आन्दोलनकै क्रममा महामन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

आचार्यलाई बुझाएको ज्ञापनपत्र यसप्रकार छ ।