गायक पशुपति शर्माको अस्ट्रेलिया काण्ड सार्वजनिक (भिडियो सहित)

मंगलबार, १४ साउन २०७६

काठमाडौं – लोक तथा दोहोरी गायक पशुपति शर्माको अर्को तिज गीत ‘अस्ट्रेलिया काण्ड’ सार्वजनिक भएको छ । पशुपति शर्माकै लय, शब्दमा तयार भएको गीतमा सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् ।

हरेक बर्ष तिजमा बचश्व जमाउँदै आएका पशुपति शर्माले यो बर्ष थोरै मात्र गीत बजारमा ल्याएका छन् । नयाँ गीत भिडियोमा उनी सहित सम्झना भण्डारी, दिपेश विसी र वविन ठकुरीको अभिनय रहेको छ । यो गीतको निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

शर्माले यो गीत आफ्नै युट्युव च्यानल मार्फत बजारमा पठाएका छन् ।

हेर्नुहोस भिडियो