कति पुग्यो सरकारी कर्मचारीहरुको तलव सुविधा ? हेर्नुहोस पियनदेखि मुख्यसचिवसम्मको सूचीसहित

सोमबार, २० साउन २०७६

काठमाडौं – सरकारले बजेटमा गरेको घोषणा कार्यान्वयन प्रकृया अनुसार कर्मचारीको तलबबाट गरेको छ ।

अर्थमन्त्रालयले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेट भाषणमा १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ ।

जसअनुसार नेपाली सेनाको प्रधानसेनापतिको तलब ६९ हजार ४८२ छ भने सेनाको तल्लो तहमा फलोअर्स प्रथम स्तरको २० हजार ७७८ रुपैयाँ छ ।

त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षकको तलब ६४ हजार ७२६ रुपैयाँ छ भने प्रहरी जवानको २६ हजार १९२ रुपैयाँ तोकिएको छ ।