किन छोडे पाकिस्तानी विदेशमन्त्रीले देश ? भारतलाई काउण्टर दिन चाले यस्तो कदम !
काठमाडौं – भारतले जम्मू–कश्मीरबाट सविधानको ३७० र ३५ ‘ए’ हटाएपछि आत्तिएको पाकिस्तानले चीनको सहायता मागेको छ ।
अन्तर्राष्ट्रियस्तरमा पाकिस्तानले भारतविरुद्ध जनमत बनाउन अभियान थालेको छ । चीनको समर्थन जुटाउन पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी बेइजिङ गएका छन् ।
पाकिस्तानले भनेअनुसार जम्मू–कश्मीर मुद्दामा कुनै पनि समर्थन नपाएपछि विदेशमन्त्री कुरैशी बेइजिङको शरणमा पुगेका हुन् । कुरैशी चीनमा तीन दिन रहनेछन् । पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले चीनका विदेशमन्त्री वाय यीसँग भेटवार्ता गर्नेछन् ।
वाय यीका अलावा उनले चीनका अन्य ठूला नेताहरूसँग पनि भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।