विमल त्यो गोल, जव टिसिले जित्यो

शनिबार, २५ साउन २०७६

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक एक गोल गरे । टिसीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टिसीलाई २(० को जित दिलाए ।

खेलमा विमल म्यान अफ दि म्याच समेत चुनिए ।

जितसंगै टिसीले ७ खेलबाट १२ अंक जोडेको छ । टिसी चौंथो स्थानमा रहेको छ । पराजित निलान्धो ८ खेलमा अंकबिहीन रहेको छ । निलान्धो पुछारबाट दोस्रो स्थानमा छ ।