झापामा शक्तिशाली बम बिस्फोट, नेपाली सेनाको टोलीनै अच्चमित !

सोमबार, २७ साउन २०७६

झापा – झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा बिद्रोही नेकपाले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको हुनसक्ने प्रहरी अनुमान छ । यसअघि रामेछापको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो ।