कांग्रेस प्रवक्ता शर्माको ट्विट : सरकार प्रेस र चिकित्सकसँग किन जोरी खेजिरहेको छ ?
भदौ १८, काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकी संहितामा रहेका कमजोरीहरु सच्याउनुको साटो सरकार प्रेस र चिकित्सकसँग जोरी खोजिरहेको टिप्पणी गरेका छन् । मुलुकी संहितामा रहेको व्यवस्था परिवर्तनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि कांग्रेस प्रवक्ता शर्माले मुलुक संहितामा रहेका कमजोरीहरु सच्याउनुको साटो सरकार प्रेस र चिकित्सकसँग जोरी खेजिरहेको टिप्पणी गरेका हुन् ।
उनले संहितामा रहेका कमी–कमजोरी पहिचान हुँदा संशोधन गरेर अगाडि बढ्ने उद्देश्यले नै तत्कालिन सरकारले संहिता लागू गर्ने मिति एक वर्ष पछाडि तोकेको स्मरण गराउन खोजेका छन् । ‘‘मुलुकी संहिता लागू गर्न एक वर्षपछिको मिति तोक्नुको कारण थियो, बिचमा कमजोरी पहिचान हुँदा संशोधन गरेर बढ्ने ।’’ अमेरिका भ्रमणमा रहेका कांग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन् ‘मुलुकी संहिता लागू गर्न एकबर्ष पछिको मिति तोक्नुको कारण थियोे बिचमा कमजोरी पहिचान हुंदा संशोधन गरेर बढ्ने l ह्विल चियरमा बसेकालाई जिविकोपार्जन भत्ता ५ हजार दिने कांग्रेस सरकारको `गलत निर्णय´ उल्ट्याउन सक्ने सरकार संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसंग किन जोरि खोज्दैछ ??
मुलुकी संहिता लागू गर्न एकबर्सपछिको मिति तोक्नुको कारण थियोे बिचमा कमजोरी पहिचान हुंदा संशोधन गरेर बढ्ने l
ह्विल चियरमा बसेकालाई जिविकोपार्जन भत्ता ५ हजार दिने कांग्रेस सरकारको `गलत निर्णय´ उल्ट्याउन सक्ने सरकार संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसंग किन जोरि खोज्दैछ ?? pic.twitter.com/Cvgr6X2IRN
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 3, 2018