जनैपूर्णिमाको दिन सार्वजनिक विदा
काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक विदा दिने भएको छ ।
आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले यही साउन ३० गते रक्षा बन्धन र जनैपूर्णिमा परेकोले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सोही पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको अध्यक्ष टासी लामाले बताए ।
सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरी सार्वजनिक विदा दिने निर्णय गरिएको उनले बताए ।