भौतिक पूर्वाधार मन्त्रीको कतुर्त छताछुल्ल, बाहिरियो भष्ट्राचार काण्ड

मंगलबार, २८ साउन २०७६

कैलाली – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको भष्ट्राचार काण्ड बाहिरिएको छ । मन्त्रालयका सचिव इन्ददेव भट्टको सरुवा बदर गराउनका लागि बोहोराको भष्ट्राचार गरेको खुलेको हो ।

मन्त्रालय अन्तरगतका विभिन्न योजनाहरुमा सचिवसँगको मिलेमत्ता गरेका मन्त्री बोहोरा सरुवा बदर गराउन सचिवसँग पैसा लिएर अहिले विभिन्न नेताका घरदैलो चाहार्नेदेखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका छन् । आफ्नो पदीय जिम्मेवारी विपरीत कमिशनको सेटिङ्ग मिलाएर योजनाहरुको वितरण गर्ने गरेको पाइएपछि भट्टलाई मन्त्रालयबाट सरुवा गरिएको थियो ।

सचिव भट्ट मुख्यमन्त्रीकोसमेत अवज्ञा गरेर योजनाहरु मनपरी किसिमले आफ्ना मानिसहरुलाई बाँड्ने, प्रदेश सभाका सदस्यहरुको मागको विपरीत कमिशन ख्वाउनेहरुलाई योजना बाँडेर नेकपाका सभासद र कार्यकर्ताहरुकाबीच अन्तरविरोध चर्काउने तथा केही व्यक्तिहरुलाई पैसा बाँडेर मनपरी गर्दै आएका सचिवको सरुवा भएपछि मन्त्री बोहोराको रुवाबासी चलेको छ । मन्त्री बोहोरा अर्को सचिव आउँदा पहिला गरेका भष्ट्राचारका कर्तुतहरु सार्वजनिक हुन्छन की भन्ने डरले जस्तो सुकै मुल्य चुकाएर भएपनि सचिव भट्टको सरुवा बदर गर्न लागिपरेका छन् ।

प्रदेश सरकारको नै वदनाम गराएको भन्दै मुख्यमन्त्रीदेखि सुदुरपश्चिमका प्रदेशका सबै नेताहरुले सचिव भट्टलाई हटाउन अनुरोध गर्दै आएका थिए । सचिव भट्टले खुलेआम कतिपय व्यक्तिहरुलाई आफू मन्त्रालयमा पाँच बर्ष बस्ने भन्दै धम्कीसमेत दिएपछि त्यहाँका स्थानियले विरोध गरेका थिए ।

पाँच बर्षको अवधिमा मन्त्रालयले १० अर्ब रकम चलाउने र त्यसको १० प्रतिशत आफ्नो हातमा पर्नेसम्मका कुरा गर्दै गर्दै विभिन्न पार्टीका नेताहरुसँग बार्गेनिङ गरिरहेका छन् । कतिपय स्थानबाट उनले सोझै आफन्तका नाममा चेक काट्न लगाएर रकम बुझेको जिल्लाहरुमा व्यापक चर्चा छ ।

सचिव भट्टले सरुवा भएपछि आफूले सुदूरपश्चिमका मन्त्री पठान सिंह बोहरा र प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा लगायतका केही व्यक्तिहरुलाई खरिद गरिसकेको र केन्द्रमा पनि आवश्यक व्यक्तिलाई खरीद गरेर सरुवा वदर गरिछोड्ने भन्दै निकटवर्तिहरुसंग धक्कु लगाउने गरेको कुरा धनगढीमा चर्चाको विषय बनिरहेको छ ।

“म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुनपनि दिन्न” भन्ने नारा दिने प्रधानमन्त्री रहेको सरकारका सम्बनिधत अख्तियार प्राप्त व्यक्तिहरुले अब भ्रष्ट सचिव इन्द्रदेव भट्टको बारेमा के गर्छन्, हेर्दै जानुपर्छ भन्ने सरोकारवाला जनताको भनाइ रहेको छ ।