अबरुद्द नेपाल टेलिकमको मोबाइल नेटवर्क करिव डेढ घण्टापछि सुचारु

मंगलबार, १९ भाद्र २०७५

भदौ १९, काठमाडाैं –  करिव डेढ घण्टादेखि अबरुद्द नेपाल टेलिकमको मोबाइल नेटवर्क सुचारु भएको छ।   आज बिहान ६ देखि टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो।

मोबाइल नेटवर्कमा आएको समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेलेका थिए ।  टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।