हिरासत भित्रबाट रवि लामिछानेको भिडियो बाहिरियो, के छ उनको सन्देश ? हेर्नुहोस भिडियोमा

शुक्रबार, ६ भाद्र २०७६

काठमाडौं – संचारकर्मी रवि लामिछानेको प्रहरी हिरासतबाट एउटा भिडियो सार्वजनिक भएको छ । हिरातमा रहेका रविको अडियो रेकर्ड गरेर एक जना पत्रकारले भिडियो बनाई सार्वजनिक गरेका हुन् ।

रवि लामिछानेले चितवन प्रहरी प्रमुख दानबहादुर मल्ललाई दोषि देखाउँदै उनले नै फसाएको आरोप लगाए । लामिछानेलाई शालिकराम भण्डारीको भिडियो सार्वजनिक गर्नमा एसपि मल्लको हात भएको भन्दै आफूलाई जानाजान फसाएको आरोप छ ।

आफू छुटेको ३ मिनेटमा सबै घटनाको सार्वजनिक गर्दै एसपिलाई ठिक पार्ने लामिछानेले जिकिर गरेका छन् । पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा छानविनका लागि संचारकर्मी लामिछाने प्रहरी हिरासतमा छन् ।

हेर्नुहोस उनको भिडियो