सफल युट्युवरको कथा : जसले हरेक दिन कुटाई खाए तर छोडेनन् आफ्नो कर्म (भिडियो सहित)
काठमाडौं – सफल युट्युवर हुन् एलिस राई । नेपालको एक नम्बर प्याङस्टराको रुपमा परिचित राईका हरेक कथाहरु चुनौतिपूर्ण हुन्छन् ।
पुर्बको गाईघाटमा जन्मिएका उनी काठमाडौंको दक्षिणकालीको चाङ्लाखेलमा हुर्किएका हुन् । एलिस राई नामक युट्युव च्यानल खोलेर दर्शकलाई हसाउने खालको कथाहरु उनी आफैले तयार गर्ने गरेका छन् । तिनै कथाहरुका कारण उनी आज एक नाम चलेको युट्युवरका रुपमा परिचित छन् ।
नेपाली समाजले पचाउने खालका र केही सामाजिक सचेतनामुलक सामाग्री बनाएकै कारण उनी एउटा सेलिब्रेटीको रुपमा स्थापित भएका छन् । युट्युवमा राम्रै फलोअर्स पाएका उनले ‘चुरोट किन खाइस’ र ‘बाटो किन काटीस’ जस्ता सन्देशमुलक कथाहरुले उनलाई चर्चित बनाएको हो । सामाजिक संजालमा तिनै कथाहरुका कारण एकाएक भाइरल भएका उनी अहिले जुनसुकै भिडियो युट्युवमा अवलोड गरेपनि युट्युवको टे«निङमा आउने गरेका छन् ।
युट्युवमा सर्वाधिक खोजिको लिस्टमा पर्ने राईका बारेमा हामीले उनको भित्री कुराहरु खोतल्ने प्रयास गरेका छौं । तलको भिडियोमा हेर्नसक्नुहुने छ, उनको भुत, बर्तमान र भविश्य ।