जग्गा धनीलाई खुशिको खवर, सरकारले ल्यायो जमिनदारको पक्षमा यस्तो कानुन
काठमाडौं – जग्ग धनिहरुलाई खुशिको खवर छ । भूमि विधेयक जमिनदारको हितमा रहेको पाइएको छ ।
‘विभिन्न उद्योग, प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगट्नेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन भूमिसम्बन्धी आठौं संशोधन विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान रहेको कान्तिपुरले लेखेको छ ।