रवि लामिछानेसहित तीनै जनाको पहिलो पेशी तोकियो, कहिले बोलायो अदालतले ?

मंगलबार, १० भाद्र २०७६

चितवन – रवि लामिछानेसहित तीनै जनालाई चितवन जिल्ला अदालतले पहिलो पटक साक्षी तारेख तोकेको छ ।

पत्रकार सालिकराम आत्महत्या प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि चितवन जिल्ला अदालतले असोज ५ गते बोलाएको छ ।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि आज मिति तय गरेको हो । रवि लामिछाने ५ लाख, युवराज कडेल ३ लाख र अस्मिता कार्कीलाई जिल्ला न्यायधिश हेमन्त रावलले सोमबार शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।