भारतको उत्कृष्ट विश्वविद्यालय र अर्विटबिच सम्झौता

बिहिबार, १२ भाद्र २०७६

काठमाडौं – भारतको उत्कृष्ट विश्वविद्यालय र अर्विट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबिच सम्झौता भएको छ । भारतको उत्कृष्ट अमिटि विश्वविद्यालय र नेपालको चर्चित कन्सल्टेन्सी अर्विट इन्टरनेशनलबीच सम्झौता भएको हो ।

विश्वविद्यालयको कोलकत्ता शाखासँग अर्विटले नेपालको मुख्य एजेन्टका रुपमा काम गर्ने गरि सम्झौता गरेको छ । अवदेखि नेपाली विद्यार्थीहरुले अमिटिमा अध्ययन गर्न चाहेमा सिधै अर्विटमा सम्पर्क गर्दा हुने भएको छ ।

नेपाल भ्रमणमा आएका विश्वविद्यालयका प्रो उपकुलपति अंकिता चक्रभारती र अर्विटका अध्यक्ष प्रकाश पाण्डेबिच सम्झौता भएको हो । सम्झौता अनुसार अर्विटले भारतमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई पहिलो प्रथमिकता अमिटि विश्वविद्यालयलाई दिनुपर्ने छ ।

अमिटि विश्वविद्यालयमा जीवनोपयोगी ५५ भन्दा धेरै फ्याकल्टीमा अध्यापन हुने गरेको छ । विश्वको उत्कृष्ट विश्वविद्यालयको लिष्टमा परेको उक्त विश्वविद्यालयमा अध्ययन गर्नु नेपाली विद्यार्थीहरुका लागि सौभाग्य हो ।