कस्तो रहयो इक्यानको २३ औं बार्षिकोत्सव ? फोटो फिचरसहित
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो २३ औं बार्षिकोत्सव (इक्यान डे) भव्यताका साथ सम्पन्न गरेको छ । भदौं १३ गते शुक्रबार विभिन्न कार्यक्रम गरि इक्यानले आफ्नो २३ औं बर्षगाँठ मनाएको हो ।
विगतका बर्षदेखि कन्सल्टेन्सी क्षेत्रलाई व्यवस्थित र मर्यादिन बनाउनुपर्छ भनेर इक्यानले आफू मातहतका सदस्यहरुलाई उत्प्रेरणात्मक कार्यक्रम गर्दै इक्यान डे मनाइरहेको छ । काममा दिन रात घोत्लीने व्यवसायीहरुलाई केही प्रेरणा दिने उद्येश्यका साथ इक्यानले आफ्नो स्थापना दिवसलाई उर्जाशिल बनाउने प्रयत्न गर्दै आएको छ ।
यसै शिलशिलामा इक्यानले २३ औं बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका सफल हस्तीहरुलाई बोलाएर व्यवसायीहरुमा उर्जा थप्ने काम गरेको छ । कार्यक्रममा बैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मराज भुषाल, टुटल’का सहसंथापक तथा सीइओ शिक्षित भट्ट र कलाकार सन्दिप क्षेत्री तथा उत्प्रेरक बक्ता अन्जित आचार्यले आफ्नो प्रस्तुति दिएका थिए ।
उनीहरुले व्यवसायीहरुलाई व्यवसाय अभिबृद्धिका लागि विभिन्न खालका टिप्सहरु दिदै उत्प्रेरणा प्रदान गरेका थिए । होटल याक एण्ड यतिमा सम्पन्न कार्यक्रममा लगभग तीन सय ब्यबसायीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै इक्यानले मृत्युभएका आफ्ना पूर्वकर्मचारीको परिवारलाई व्यवसायीहरुबाट उठाएर ९ लाख रुपैयाँ सहयोग पनि गरेको छ भने व्रिटीस कलेजसँग पिटिइको एग्रीमेन्ट पनि गरेको छ ।
अत्यान्तै भव्य र सभ्यरुपमा सम्पन्न कार्यक्रमको सभापतित्व इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे गरेका थिए भने कार्यक्रमको संचालन महासचिव शेषराज भट्टराईले गरेका थिए ।









