नगरपालिकाको केन्द्र सार्ने विषयमा झपडप हुँदा १ जनाका मृत्यु
जनकपुर – नगरपालिकाको केन्द्र सार्ने विषयमा भडप हुँदा १ जनाको ज्यान गएको छ । धनुषाको हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादपछि भएको झडपमा ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको हो ।
साउन २१ गते कार्यालय सार्न खोज्दा मेयर र उपमेयर समूहबीच झडप भएको थियो। सोही झडपमा मण्डल घाइते हुँदा जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। उनको उपचारकै क्रममा बुधबार साँझ मृत्यु भएको हो।
घाइते मण्डलको मृत्यु भएपछि स्थानीयले अस्पतालमा आएर प्रदर्शन गरेका छन्। उनीहरु घटनामा संलग्न मेयरसहितलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।