सरकारी कर्मचारीलाई झट्का, नयाँ नियमले कर्मचारी चिन्तित
काठमाडौं – नेपाल सरकारका कर्मचारीहरुका लागि एउटा अर्को अप्रिय समाचार छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा प्रस्तुत गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदामा जेष्ठताको आधारमा निजामती कर्मचारीको बढुवा गर्ने ब्यबस्था खारेज गर्न प्रस्ताव गरेको छ ।
जेष्ठताको आधारमा निजामती कर्मचारीको बढुवा नगर्ने प्रस्ताव सो विद्येकमा समावेस गरेपछि बढुवाको लाइनमा भएका कर्मचारीहरु समस्यामा पर्ने भएका छन् । विधेयकमा उल्लेखित जेष्ठताको आधारमा कर्मचारीको बढुवा भई पदपुर्ति हुने प्रावधानसम्बन्धी ‘कोलम’ नै हटाएको छ ।
यो विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । समितिमा भएको छलफलका आधारमा आधारमा तयार पारिएको प्रतिवेदनको मस्यौदाबाट जेष्ठताको आधारमा कर्मचारीको बढुवासम्बन्धी ‘कोलम’ नै हराएपछि कतिपय सांसदहरुले आपत्ति जनाएका छन् ।
