डेंगु रोगबाट मन्त्रीपनि प्रभावित, आईसीयूमा राखेर उपचार गरिदै
काठमाडौं – देशैभरि फैलिएको डेंगुबाट कृषिमन्त्री चक्रपाणी खनाल पनि प्रभावित भएका छन् । उनको आइसीयूमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै, डेंगु परिक्षण गर्ने दुई चिकित्सकसहित १३ स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित ११ जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका २ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाललाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै, डेंगु देखापरेको ५० दिनमा २९०८ संक्रिमत बनिसकेका छन् ।काठमाडौं नै उच्च जोखिममा रहेको उल्लेख गर्दै उसले नियन्त्रण प्रभावकारी नभए भयावह रुप लिने खतरा औंल्याएको छ । आजका विभिन्न पत्रिकामा समाचार छापिएको छ ।