इटहरीमा पनि बम विस्फोट, विस्फोट गराउनेको पहिचान खुल्यो
इटहरी – सुनसरीको धरान र इटहरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको खुलेको छ । इटहरीको सुस्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यरातमा विप्लव नेतृत्वको नेकपाले बम प्रहार गरेको हो ।
इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएकको इटहरीले प्रहरीले जनाएको छ । धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ चलेको स्कुलमा विप्लवका कार्यकर्ताले बम हानेको बताए ।